नियम १२
सवारी तथा इन्धन सुविधा

(१) प्रमुख सूचना आयुक्त र सूचना आयुक्त प्रत्येकलाई ड्राईभर
सहितको मोटर एक, मासिक एकसय लिटर इन्धन र त्रैमासिक पाँच लिटर लुब्रिकेण्ट नेपाल
सरकारले उपलब्ध गराउनेछ ।
(२) आफ्नो निजी मोटर प्रयोग गर्ने प्रमुख सूचना आयुक्त र सूचना आयुक्तलाई एक
एक जना हलुका सवारी चालक, मासिक एक सय लिटर इन्धन र त्रैमासिक पाँच लिटर
लुब्रिकेण्ट बापतको रकम नेपाल सरकारले उपलब्ध गराउनेछ ।
(३) उपनियम (१) बमोजिम उपलब्ध गराईएको सरकारी मोटरको नियमित मर्मत र
सम्भारको बन्दोबस्त आयोगबाट हुनेछ ।
(४) उपनियम (१) वा (२) बमोजिम सवारी साधनको बन्दोबस्त नभएकोे अवस्थामा
प्रमुख सूचना आयुक्त र सूचना आयुक्तलाई सवारी तथा इन्धन सुविधा बापत मासिक रुपमा
क्रमशः पन्ध्र हजार रुपैयाँ र बाह्र हजार रुपैयाँ दिइनेछ ।